|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमित र छानिएका पत्रकारबीच मुख खोलेर राजनीतिकर्मीसँग जोडिएका भ्रष्टाचारको मुद्दामा अनुसन्धान तीव्र पारिएको जनाएको छ।

सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सदर गर्ने गरी भएको पूर्वआदेशबारे पुन सुनुवाइ गर्ने गरी उत्प्रेषण जारी गरेको केही समयपछि अख्तियारले मुख खोलेको हो।

अख्तियार परिसरमा शुक्रबार हतारमा खबर गरी आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त तथा अन्य आयुक्तहरु भने सहभागी भएनन्। 

त्यहाँ सहभागी अख्तियारका एक कर्मचारीले थाहाखबरलाई दिएको जानकारी अनुसार प्रवक्ता गणेशराज कार्कीले पत्रकारलाई आफ्नो भावी कारवाहीबारे भने- राजनीतिकर्मीमाथि लागेको अनियमितताबारे अनुसन्धान अगाडि बढेको छ।

प्रवक्ता कार्कीले माओवादी लडाकु शिविरमा रहँदा लगिएको रकममा भएको भनिएको अनियतताबारे अनुसन्धान अगाडि बढेको बताए।

प्रवक्ताले उठाएका विषय

शिविर र लडाकुका लागि गएको रकम : आयोगले यस प्रकरणका कागजातमा हस्ताक्षर गरेका र निर्णय प्रकियामा सामेल भएका नेतालाई अख्तियारमा उपस्थित हुन पत्र काट्ने जानकारी उनले गराए। तर उनले ती नेताहरुको नाम भने खुलाएनन्।

शान्तिप्रक्रिया सुरु भएपछि माओवादीका लडाकुलाई शिविर बनाएर राखिएको थियो। त्यसकामका लागि सरकारले माओवादीलाई रकम निकासा दिएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शान्ति सम्झौताका हस्ताक्षरकर्ता हालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच समझदारी भएर तत्कालीन सरकारले रकम निकासा दिएको थियो। 

माओवादीबाट हालका अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिकस्तरमा व्यवस्थापन गरेका थिए भने उपराष्ट्रपति नन्दकिशोर पुन, उर्जामन्त्री जनार्दन शर्मा, नेता वर्षमान पुन र चन्द्रदेव खनाललगायतले शिविर व्यवस्थापन गरेका थिए।

राजकीय पद तथा मन्त्रीमा रहेकालाई पनि वयानका लागि बोलाउनु हुन्छ भनी पत्रकारले सोधेको प्रश्नमा अख्तियार प्रवक्ताले अनुसन्धानका क्रममा कसैलाई पनि नछाडिने बताए।

लडाकुबाहेकका विषय : अख्तियारले अन्य सामाजिक र आर्थिक क्षेत्रमा भएका अनियमिततामा पनि कारवाही अघि बढाएको जनाएको छ। प्रवक्ता गणेशराज कार्कीले सामाजिक र आर्थिक क्षेत्रमा दीर्घकालीन महत्वका निर्णयलाई निरुत्साहित गर्ने काम भइरहेको बताए। त्यस्तो कामकारवाहीमा संलग्नहरुविरुद्ध अनुसन्धान भइरहेको जानकारी दिँदै उनले भने- तपाईँहरुले यसको परिणाम छिट्टै देख्नुहुनेछ।

तर के कस्ता विषय र क्षेत्रमा त्यस्तो अनुसन्धान र कारवाही भइरहेको भन्ने उनले खुलाएनन्।

सर्वोच्चको आदेशलगत्तै संयोगमात्र

सर्वोच्च अदालतले अख्तियार प्रमुखको मुद्दामा नयाँ आदेश गरेको केही घण्टामै यो पत्रकार सम्मेलन राखिएको थियो। त्यस्तै प्नधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गोप्य भेटघाट भएको केही समयपछि अख्तियारमा पत्रकार सम्मेलन भइरहेको थियो।

एक पत्रकारले प्रश्न सोधी हाले, सर्वोच्चको नयाँ आदेश र प्रधानमन्त्री भारत भ्रमणमा रहेकाबेला यो भइरहेको छ नि? अख्तियार प्रवक्ता कार्कीको जवाफ थियो- यो संयोगमात्र हो। यसमा कुनै तालमेल छैन।

सर्वोच्चको आदेशबारे मौन
प्रमुख आयुक्त कार्कीको नियुक्तिबारेको सर्वोच्चको शुक्रबारको आदेशबारे प्रवक्ता खुल्न चाहेनन्। सर्वोच्चको आदेशबारे अख्तियारको प्रतिक्रिया के छ? पत्रकारको प्रश्नमा आयोग प्रवक्ता कार्कीको जवाफ थियो- स्वतन्त्र न्यायपालिकामा मुद्दा चलिरहेको बेला त्यसबारे केही भन्नु छैन।

कुन कुन मिडियालाई बोलाइयो?

पत्रकार सम्मेलनका लागि नेपाली दैनिक पत्रिकाबाट एकमात्र अन्नपूर्णपोस्टलाई बोलाइएको थियो। त्यहाँबाट नरेन्द्र साउद सम्मेलनमा गएका थिए। कान्तिपुर टीभीका किशोर पौडेल र क्यामराम्यान हरिशरण लामिछाने रिपोर्टिङका लागि गएका थिए। माउन्टेन टेलिभिजन हुँदै हाल नेपाल टेलिभिजनमा कार्यरत अन्जना शिल्पकार रिपोर्टिङमा अख्तियार पुगेकी थिइन। अनलाइनबाट रातोपाटीका राजेश भण्डारी अख्तियारको रोजाइमा परेका थिए भने अंग्रेजी दैनिकबाट रिपब्लिकाका अशोक दाहाल गएका थिए। त्यस्तै राससबाट सुशील दर्नाल त्यहाँ थिए।

पत्रकार सम्मेलमा अख्तियार प्रवक्ताबाहेक, सहप्रवक्ता, मिडिया कोअर्डिनेटरलगायत सीमित कर्मचारी थिए।

सर्वोच्चको आदेश के थियो?

अप्ठेरोमा लोकमान : सर्वोच्चले उठायो आफ्नै पुरानो फैसलामा प्रश्न

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.