|

धनकुटा : शहीदभूमि गाउँपालिका–२ स्थित इलामे थालाखाम सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–२ का ५० वर्षीय बेनुप्रसाद छारा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरीक्षक गौतम मिश्रले जानकारी दिए।

वनमा बिहीबार बेलुकी लागेको आगो नियन्त्रण लिने क्रममा जलेर गम्भीर घाइते भएका छारालाई उपचारका लागि विराटनगर लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ। 

आगलागीबाट मृतक छाराको घर र गोठसमेत जलेर नष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.