|

दमक (झापा) : झापाको दमकमा भएको एक युवाको हत्यामा संलग्नलाई प्रहरीले पाँच महिनापछि पक्राउ गरेको छ। २५ कात्तिक शनिबार दमक चोकको त्रिवेणी गेस्ट हाउसका व्यवस्थापक १९ वर्षीय राजेश मल्लिकको हत्यामा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राजेशको शव गेस्ट हाउसमै रक्ताम्य अवस्थामा फेला परेको थियो। त्यसलगत्तै घटनाको अनुसन्धानका लागि प्रहरी प्रदेश कार्यालय प्रदेश नं १ बाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन भएको थियो।

उनको हत्यामा परिवारकै सदस्य संलग्न रहेको अनुमान गरेको प्रहरीले राजेशकै काका भोला मल्लिकलाई पक्राउ गरेको हो। प्रहरी स्रोतले भन्यो, ‘संलग्न एकजनालाई पक्राउ गरिएको छ, तर अदालतमा उपस्थित नगराई सबै कुरा भन्न मिल्दैन।’ पक्राउ परेका भोलालाई जिल्ला अदालतमा उपस्थित गराउन शुक्रबार लगिएको छ।

हिमालय मावि दमकमा कक्षा १२ मा अध्ययनरत मल्लिकको हत्यापछि दुई दिनसम्म दमकमा विद्यार्थीहरुले हत्याको विरोधमा प्रदर्शन गर्दै हत्यारालाई पक्राउ गर्न दबाब दिएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत मृतकको घरमै पुगेर दोषीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएका थिए।

हत्या गरिएका राजेश मल्लिक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.