|

सिरहा :  सिरहाको एक सुनचाँदी पसलमा बम विस्फोट  हुँदा पाँचजना घाइते भएका छन् । लहान नगरपालिका-७ विकास सारदाद्वारा सञ्चालित सुनचाँदी पसलमा शुक्रबार दिउँसो अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको हो।

बम विस्‍फोटबाट सुनचाँदी पसलका सञ्‍चालक विकास सारदासहित  पसलमा आएका अन्य चारजना घाइते भएका हुन।  घाइते हुनेहरूमा वेदकुमारी यादव, सात वर्षीय बच्‍चा शतिस यादव, मनिक देविराम र बबित देविराम रहेका  इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले जानकारी दिए।

घाइतेहरूको  लहान अस्पतालमा र स्थानीय सप्तऋषि अस्‍पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सात वर्षीय बच्चा शतिस यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.