|

  • दिपक शर्मा-

सल्यान : कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले कर्णाली प्रदेशको मुख्य चुनौती भनेको लागुपदार्थ सेवन रहेको बताएका छन्। प्रहरी प्रमुख चन्दले लागुपदार्थ सेवनकै कारण अपराधका घटनाहरूमा वृद्धि भएको बताए। 

शुक्रबार जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको सिसिक्यामेरा जडान उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख चन्दले शान्ति सुरक्षा अमनचयन कायम गर्नमा लागुऔषध ओसार पसार तथा सेवन मुख्य चुनौतीको रुपमा रहेको बताए। प्रमुख चन्दले भने, ‘कर्णालीका १० जिल्लाको तीन वर्षको रेकर्डलाई हेर्दा आपराधिक क्रियाकलाप बढ्नुमा मुख्य कारण लागुपदार्थ सेवन नै रहेकाे देखिन्छ।’ 

लागुपदार्थ सेवन रोक्नका लागि विद्यालय तथा घरघरमा पुगी सचेतना फैलाउन जरुरी छ। लागुपदार्थ सेवनकै कारण ५६ प्रतिशत घटना हुने गरेको उनको भनाई छ। लागु औषध नियन्त्रणका लागि राज्य सरकारले पनि बढी राजस्व उठ्ने कम्पनी भनेर नहुने पनि प्रहरी प्रमुख चन्दले बताए। 

सरकारले यदि मदिरा पसल तथा कम्पनीलाई बन्द गर्ने अादेश दिन्छ भने एक मिनेटमा बन्द गर्न सकिने उनले दावी गरे। प्रहरी प्रमुख चन्दले भने, ‘मदिरा उत्पादकले राजस्व तिर्छ भन्ने राज्यलाई लाग्छ भने त्यसप्रति स्पष्ट हुन जरुरी छ।’

समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रदेश राजधानी सुर्खेतबाट कर्णाली प्रदेशका १० वटै जिल्लाको गतिविधि निरीक्षण गर्नका लागि प्रादेशिक कन्ट्रोल रुम बन्न थालेको पनि उनले बताए।               
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.