पाँचथर : आफैले चलाएको ट्रयाक्टरले किचेर पाँचथरको फिदिममा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने ट्रयाक्टर चालक इलामको नाम्सालिङका २२ वर्षीय खगेन्द्र खत्री रहेका छन्।आफैले चलाएकाे मे १ त २५२३ नम्बरको ट्रयाक्टरले किचेर खत्रीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान वस्नेतले बताए।
ढुंगा लोड गरेर नाङ्गिनतर्फ लाँदै गर्दा ट्रयाक्टर दुर्घटनामा परेको थियो। मृतक खत्रीकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिममा राखिएको छ। आफन्त आएपछि पोष्टमार्टम गरी शव बुझाइने प्रहरी निरीक्षक वस्नेतले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।