|

काठमाडौं : ललितपुरको एकान्तकुनाबाट १० जना जुवाडे एक लाख ४२ हजार नगद रुपैयाँसहित पक्राउ परेका छन्। एकान्तकुनास्थित डिबी महर्जनको घरमा जुवा खेलाइरहेको विशेष सूचनाको अधारमा बिहीबार पक्राउ परेको ललितपुर महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले एक लाख ४२ हजार ३०० रुपैयाँ नगद र एक बुक ताससमेत बरामद गरेको छ।  

पक्राउ पर्नेमा रौतहट जुडवेलका विजय वाइवा, इलाम जीतपुर सूर्यबहादुर दर्लामी मगर, नुवाकोटका सन्तबहादुर गरुङ, हुम्लाका विजय कार्की, मकवानपुरका रवि कार्की, मकवानपुरका विजय जिम्वा, ललितपुर वागडोलका श्रीकृष्ण मिजार, काभ्रेपलाञ्चोकका सुजन पाख्रिन, काभ्रेपलाञ्चोककै दुर्गाबहादुर तामाङ र भोजपुरका नरेन्द्र तामाङ रहेका छन्। उनीहरूविरुद्ध जुवा ऐन, २०२० अन्तर्गत अनुसन्धान भइरहेको चन्दको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.