|

काठमाडौं : कैलाश हेलिकोप्टरले वायुयान संचालन अनुमति पाएको छ। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिरकणबाट संचालन अनुमतिपत्र (एओसी) पाएको कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिले जानकारी गराएको हो।

अनुमति पाएसँगै शनिबारबाटै उडान सुरु गर्ने कार्यक्रम प्रालिले तय गरेको छ। प्रवन्धनिर्देशक प्रतापजंग पाण्डेका अनुसार शनिबार काठमाडौं-लुक्लाको उडान हुनेछ।

युवा उद्यमी प्रबलजंज पाण्डेसहित रमेशकुमार पण्डित, सुनिल श्रेष्ठ, सिएन पाण्डे, श्रीहरि कुइँकेल, श्रीराम केसी, ईश्वरी पौडेल र आशिष शेरचनको लगानीमा गत फागुन १९ गते फ्रान्स निर्मित एयरबस कम्पनीको हेलिकोप्टर भित्र्याएको थियो। एएस३५० बी३ई नामको ९ए-एमएल हेलिकोप्टर ३० करोड रुपैयाँ लगानीमा ल्याएको हो।

यो हेलिकोप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्ने लगानीकर्ताले बताएका छन्। हेलिकोप्टर भित्र्याएदेखि नै मुलुका विभिन्न स्थानमा व्यावसायिक विस्तारका गतिविधि गरेको प्रालिले दुर्गम क्षेत्रमा अत्यावश्‍यक सेवा दिन केन्द्रित हुने प्रवन्धनिर्देशक पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.