|

काठमाडौं : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी संगठनका नेताहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कर्मचारी ऐन पढ्न सुझाव दिएका छन्।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन र विभिन्न कर्मचारी संगठनका नेताहरूले कर्मचारीको स्वेच्छिक अवकाश कार्यान्वयन नभए सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले सरकारले कर्मचारी खटाउन नसकेर ट्रेड यूनियनलाई जान दिएनन् भनेर आरोप लगाउनु गलत भएको बताए। उनले ऐन पढ्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितलाई सुझाव दिए।

कर्मचारीका नेताहरूले सरकारले काजमा बसेका कर्मचारीलाई मन्त्री पण्डितले तुरुन्त कार्यक्षेत्रमा जान दिएको निर्देशनप्रति पनि आपत्ति जनाएका छन। आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले कर्मचारी खटाउने काममा हुकुमी शैली अपनाएको भन्दै आपत्ति जनाए।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘मानसिक समस्या भएकाबाहेक अन्य कर्मचारीलाई तोकिएको कार्य क्षेत्रमा नजाने छुट दिन नसकिने’ भनाई संविधान विपरित रहेको दाबी गरे।

निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले नियम, कानुन र विधि नमान्ने सरकारको विरोधमा आन्दोलनमा जाने चेतावनी दिए। उनले हरेक आन्दोलनको सदुपयोग राजनीतिक दलले गरेको तर अहिले कर्मचारीलाई केही प्रतिफल दिनुपर्‍यो भनेर आतंकित पारेको आरोप लगाए।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरिबहादुर रावलले प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउँदा मापदण्ड अनुसार नखटाईको आरोप लगाए। उनले मुलुकको स्थायी सरकारको रुपमा काम गरेको निजामति कर्मचारीहरूलाई मन्त्रीले मानसिक समस्या भएको भन्नु दुःखद भएको पनि बताए।

सरकारले कर्मचारीहरूलाई आतंकित बनाउन खोजेको कर्मचारी संगठनहरुको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.