|

ताप्लेजुङ : नेपाल खाद्य संस्थानबाट वितरित चामल सदरमुकाम आसपासका क्षेत्रमा मात्र वितरण हुने गरेको छ। जिल्लाका दुर्गम क्षेत्रमा खाद्य संस्थानको डिपो संचालनमा नआउँदा अनुदानको चामल दुर्गम क्षेत्रमा नपुगेको हो। 

द्वन्द्वको समयमा सुरक्षाको कारण देखाउँदै ग्रामीण क्षेत्रमा रहेका खाद्य संस्थानका डिपोहरू हटाएर अहिलेसम्म पुन:स्थापना नगर्दा सेवाग्राही मारमा परेका हुन्। नेपाल खाद्य संस्थान कार्यालय ताप्लेजुङको तथ्यांक हेर्दा जिल्लाको सदरमुकाम आसपास र जिल्ला कारागारमा मात्र बिक्री भइरहेको छ। 

गाउँगाउँमा विकासका पूर्वाधारको विकास भएसँगै सडक संजाल पुगेकाले पनि निजी क्षेत्रले गाउँमै चामल पुर्‍याएपछि महँगो भए पनि निजी क्षेत्रकै चामल किन्ने गरेको कार्यालय प्रमुख ललितकुमार यादवले बताए। हाल संस्थानमा अरुवा मन्सुरी चामल मात्र बिक्री हुँदै आएको छ। प्रति केजी ३८ रुपैयाँ ३३ पैसामा बिक्री भइरहेको छ।

खाद्य संस्थानको चामल बिक्री गर्ने डिपोहरू जिल्लाको ग्रामीण क्षेत्र लिङ्खिमको सिंवा, पश्चिमी क्षेत्र चाँगे दोभान र पूर्वी क्षेत्र सिनामको प‌ंचमीमा खाद्य डिपोहरू स्थापना गरिए सर्वसाधारणले महँगो मूल्य तिरेर खाद्यान्न उपभोग गर्नु नपर्ने स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.