|

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफा वरियतामा तीन स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल तीन स्थान तल झर्दै ९४औँ स्थानमा पुगेका छ। यसअघि ९१ औं स्थानमा रहेको नेपाल ११ सय ३६ अंकसहित ९४औँ स्थानमा पुगेको हो।

सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा भारत तेस्रोमा बंगलादेश रहेका छन्। विश्व वरियताको एक नम्बरमा अमेरिका रहेको छ भने दोस्रो र तेस्रोमा क्रमशः बेलायत जर्मनी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.