|

काठमाडौं : नेपाल पत्रकार महासंघको शुक्रबार बसेको बैठकले महासंघको ६३औँ स्थापना दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। 

अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले ६३औँ स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा सचिवहरू रामप्रसाद दाहाल, प्रकाश थापा, शीतल महतो, लक्ष्मी पुन, रेम विश्वकर्मा र उदय जीएम रहेको समिति गठन गरेको छ।

स्थापना दिवसका अवसरमा महासंघले चैत १६ गते महासंघका पूर्व सभापतिहरूलाई सम्मान गर्नुका साथै केन्द्रीय कार्यालयमा रक्तदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।

त्यस्तै, महासंघका सबै शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाहरूलाई २०७४ चैत १६ गते रचनात्मक कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन आह्वान पनि गरिएको सचिव प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.