|

काठमाडौं : 'पाकिस्तान डे'को अवसरमा शुक्रबार नेपालमा पाकिस्तानी झन्डा फहराइएको छ। नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शुक्रबार साँझ पाकिस्तानको झन्डा फहराएका हुन्।

काठमाडौंमा आयोजित कार्यक्रममा पाकिस्तानी राष्ट्रपति ममनुन हुसैन, प्रधानमन्त्री सहिद खक्कन अब्बासीले पाकिस्तान डे (२३ मार्च) का अवसरमा दिएको शुभकामना सन्देश पनि पढेर सुनाइएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल र पाकिस्तानका कूटनीतिज्ञ, उच्च सरकारी अधिकारी, प्राज्ञिक व्यक्तित्वलगायतको उपस्थिति थियो!

होटल हायातमा आयोजित रात्रिभोजमा पाकिस्तानी गायिका सरारजा खानले सांगीतिक प्रस्तुतिसमेत दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.