|

विश्वकप छनोटको संघर्षपूर्ण अभियानको अफगानिस्तानले सुखद अन्त गरेको छ। नेपालका कारण सुपर सिक्समा पुग्न सफल अफगानिस्तान यूएईले आफूसापेक्ष नतिजा निकालेपछि तथा निर्णयक खेलमा चिर प्रतिद्वन्द्वी आयरल्याण्डलाई ५ विकेटले हराउँदै आगामी वर्ष इ‌ग्ल्याण्डमा हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्न सफल भयो।

विश्वकप छनोटको सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डलाई पराजित गरेसँगै अंकतालिकामा ६ अंक जोडदै वेस्ट इण्डिजपछि विश्वकपमा स्थान बनाउने दोस्रो टिम बन्यो। वेस्ट इण्डिज कुल ८ अंक जोड्न सफल भयो।

विश्वकप खेल्ने टिमको समिकरण पुरा

२०१९ को मे मा आयोजना हुने विश्वकपमा १० टिम सहभागी हुने छ। वेस्ट इन्डिज र अफगानिस्तान सहित भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्ड, बंगलादेश र आयोजक इ‌ग्ल्याण्डले विश्वकप खेल्ने छन्।

अफगानिस्तानको उतारचढावपुर्ण यात्रा

प्रतियोगितामा अफगानिस्तान आफ्नो स्वभाविक खेल खेल्न नसक्दा निकै खराब सुरुवातको सिकार बन्यो। समूह बीमा रहेर विश्वकप छनोट खेल यात्रा गरेको अफगानिस्तानले समूह चरणमा जिम्बाबे, हङकङ र स्कटल्याण्डसँग पराजित भएको थियो। अफगानिस्तानले नेपाललाई मात्र हराउँदा नेपाल, हङकङ र अफगानिस्तानको समान २ अंक भएको थियो। जहाँ अफगानिस्तान राम्रो रनरेटका साथमा सुपर सिक्समा प्रवेश गर्न सफल भएको थियो।

समह चरणको खराब प्रदर्शनपछि अफगानिस्तानले सुपर सिक्समा भने वेस्ट इन्डिजलाई ३ विकेटले, यूएईलाई ५ विकेटले तथा आयरल्याण्डलाई पनि ५ विकेटले पराजित गर्दै लगातार ३ जित हात पार्दै विश्वकपमा स्थान बनाउन सफल भयो।

जिम्बाबेलाई युएइले हराउनु टर्निङ प्वाइन्ट

जिम्बाबे अन्तिम खेल अगाडिसम्म पनि वेस्टइन्डिज पछि सर्वाधिक दाबेदार थियो। तर घरेलु मैदानमा वर्षा बाधक बन्दा अफगानिस्तानलाई फाइदा पुगेको थियो भने घरेल टोली जिम्बाबे प्रतियोगिताबाट लगभग बाहिरिएको थियो। तर आयरल्याण्डको पनि उतिनै सम्भावना रहँदा अफगानिस्तानले निर्णायक खेलमा बाजी मार्न सफल भयो। अफगानिस्तानले यसअघि पहिलो पटक सन् २०१५ मा एकदिवसीय विश्वकप खेलेको थियो। त्यसपछि दोस्रो पटक छनोट भएको हो।

५ बल बाँकी छँदा लक्ष्य पुरा

निर्णायक दिन अफगानिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले ७ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। पाउल स्टलिङले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त लक्ष्य भने बन्न सकेन। अफगानिस्तानले जवाफी लक्ष्य ४९ ओभर एक बलमा ५ विकेट गुमाएर अफगानिस्तानले पूरा गर्‍यो। उसले निकै उत्कृष्ट ओपनिङ साझेदारी पायो। पहिलो विकेटका लागि मोहमद साहजाद र गुलाबदीन नइबले ८६ रनको सानदार साझेदारी गरेका थिए। त्यस्तै कप्तान अगर स्टानिजकाई ३९ रनको अविजित इनिङ खेलेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.