|

काठमाडौं : चैत पहिलो साता (चैत २) तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैगर्दा प्रधानमन्त्री केपी ओलीले मधेशवादी दलसमेत सहभागी हुँदै गरेको सन्देश दिए। ओलीको अभिव्यक्तिलाई पत्याउने गरी विस्तरमा विलम्ब भयो। अन्ततः मन्त्रिपरिषद विस्तार त भयो, तर मधेशवादी दल अटाएनन्।

मन्त्रिपरिषद विस्तारलगत्तै मधेशवादी दल (राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम)ले संविधान संशोधनको एजेन्डामा सहमति निकट पुगेको अभिव्यक्ति दिए। संघीय फोरमले बैठक नै बसेर सरकारमा सहभागी हुने निर्णय ग¥यो।

उसको निर्णयपछि घटनाक्रम नाटकीय रुपमा फेरियो। सरकारले संविधान संशोधनको लिखित प्रतिबद्धता त जनाएन, सरकारमा सहभागी हुन मधेशी दलको सर्त समेत बढ्दै गयो। दुई दलबीचको एजेन्डा र प्राथमिकता बदलिँदै जाँदा सरकारमा सहभागी हुनै लागेका दुई मधेशी दल र सरकारबीच एक सातायता संवाद भएको छैन।

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको सरकार तथा राजपा र फोरम नेपालको मधेशवादी गठबन्धनबीच संवाद नहुँदा सरकारले पूर्णता पाउन ढिलाई मात्र भएको छैन, सरकारको नीति तथा कार्यक्रमसमेत प्रभावित हुन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.