|

उदयपुर : कटारी नगरपालिकामा शनिबारदेखि चौथो संस्करणको कटारी मेयर गोल्डकप सुरु हुँदैछ। टाइगर खेल मैदान कटारीमा संचालन हुने प्रतियोगिताको पहिलो खेल सहारा क्लब पोखरा र घरेलु टिम कटारी–११ बीच हुने आयोजकले जनाएको छ।

खेल दिउँसो तीन बजेदेखि सुरु हुनेछ। गोल्डकपमा एक हजार २०० जना दर्शक आँट्ने बाँसका प्याराफिट निर्माण गरिएको आयोजक समितिका महासचिव राजकुमार थापाले बताए।

चैत १७ गतेसम्म सञ्चालन हुने गोल्डकपमा सहारा क्लब, गोरखा ब्वाइज रुपन्देही, बनेपा ब्वाइज क्लब, सरस्वती क्लब काठमाडौं, झापा–११, झापा, चर्च ब्वाइज, संकटा क्लब काठमाडौं सहभागी छन्। प्रतियोगितको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.