|

स्पेनमा स्वतन्त्र क्याटलनको माग गर्दै आएका पाँच नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्षेत्रीय राष्ट्रपतिका उम्मेदवार समेत रहेका छन्। उनीहरुलाई क्याटलन स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ।

उनीहरु सुनुवाइ नसकी भाग्न सक्ने देखिएकाले नियन्त्रणमा लिइएको सर्वोच्च अदालतले जनाएको छ। उनीहरुको गिरफ्तारिपछि गएराति बार्सिलोनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। गिरफ्तारीले क्याटलन संसदमा दोस्रो चुनावमार्फत् जोर्डी टुरुललाई क्षेत्रीय राष्ट्रपतिका रूपमा चयन गर्ने योजनालाई प्रभावित पारेको बीबीसीले जनाएको छ।

स्पेनी अधिकारीहरूको खोजी सूचीमा रहेका स्वतन्त्रता अभियानका दुईजना क्याटलन नेताहरु बेल्जियम र स्वीट्जरल्याण्डमा स्वघोषित निर्वासन जीवन बिताइरहेका छन्। अदालतको आदेशले क्याटलन स्वतन्त्रताको प क्षमा रहेका हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.