आज विश्व क्षयरोग दिवस

|

सुर्खेत : कर्णाली प्रदेशमा सबैभन्दा बढी क्षयरोगीको संख्या सुर्खेतमा रहेको एक तथ्यांकले देखाएको छ। कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतमा सबै जिल्लाका नागरिकहरूविभिन्न कामका सिलसिलामा बसोबास गर्ने भएकाले पनि बिरामीको संख्या सुर्खेतमा बढी देखिएको हो। 

गएको साउनदेखि कार्तिक सम्मकाे चार महिनामा मात्र सुर्खेतमा सबैभन्दा बढी ७२ जना महिला र १४९ जना पुरुष गरी जम्मा २२१ जना नयाँ क्षयरोगी फेला परेका छन् । कर्णाली प्रदेशकाे सबैभन्दा कम हुम्लामा तीनजना महिला र पाँचजना पुरुष क्षयरोगी फेला परेका छन्।

यसरी नै डोल्पामा पाँचजना महिला र अाठजना पुरुष, दैलेखमा २५ महिला र ५४ जना पुरुष, जाजरकोटमा २१ जना महिला र २२ जना पुरुष, जुम्लामा १२ जना महिला र १५ जना पुरुष, कालिकोटमा १३ महिला र २१ जना पुरुष र मुगुमा पाँचजना महिला र ११ जना पुरुष नयाँ क्षयरोगी बिरामी फेला परेका छन्। त्यसैगरी रुकुममा २५ जना महिला र ५१ जना पुरुष र सल्यानमा २४ जना महिला र ५४ जना पुरुष क्षयारोगी रहेका छन्। यसैबीच जनस्वास्थ्य कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्ममा ३०३ जना नयाँ क्षयरोगी पत्ता लागेका छन्। जसमध्ये १०६ महिला र १९७ पुरुष रहेका छन्।

सुर्खेतका स्थानीय तह मध्ये हालसम्मको नतिजालाई हेर्दा वीरेन्द्रनगरमा सबैभन्दा बढी क्षयरोगी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय तह मध्ये वीरेन्द्रनगरमा सबैभन्दा बढी अर्थात २१८ जना क्षयरोगी रहेका छन्। यस्तै गत वर्ष जिल्लामा साढे ६०० भन्दा बढी नयाँ क्षयरोगी पत्ता लागेका थिए।

०७३/०७४ मा ६६१ जना नयाँ क्षयरोगी पत्ता लागेका हुन्। जसमा २३९ महिला र ४२२ पुरुष रहेका थिए। त्यसमा पनि ५१ प्रतिशत नयाँ विरामी १५ देखि ५४ वर्षको उमेर समूहका रहेका छन्।  पत्ता लागेका क्षयरोगी मध्ये ८७ प्रतिशतलाई क्षयरोगको निदान गर्न सफल भएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। जसमा पनि एचआइभी संक्रमित ६ जना रहेका छन्। दोहोरिएर आउने विरामी पनि उल्लेखीय मात्रामा रहेका छन्। गत वर्ष मात्र सुर्खेतमा पहिले उपचार गरिसकेका ५० जना क्षयरोगी पुन:  उपचारमा आएका छन्।

सुर्खेतमा मात्रै ६०० सयदेखि ७०० सयसम्म नयाँ क्षयरोगी पत्ता लागेका जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। चारैतिरबाट सवैकाे केन्द्रीकृत हुने र क्षयरोग पनि छिटो सर्ने भएकाले सुर्खेतमा बढी विरामी देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.