|

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकाको भवन, फोहोरमैला व्यवस्थापन क्षेत्र र आर्यघाट निर्माणका लागि जग्गा निःशुल्क प्राप्त भएको छ। गाउँपालिकाले निःशुल्क जग्गा प्राप्ति सम्बन्धी सूचना प्रकाशन गरेपछि सात जना जग्गा धनिहरुले मिक्लाजुङको मुडेगाउँमा २१ रोपनी जग्गा दिएका हुन्।

चल्तिको मूल्यअनुसार गाउँपालिकालाई प्राप्त भएको जग्गाको मूल्य करिब डेढ करोड रुपैयाँको हो। गाउँपालिका उपाध्यक्ष उर्मिला राईले साविक रबि गाविसका पूर्वअध्यक्ष सन्देश राईले १२ रोपनी, शेरप्रसाद राईले दुई रोपनी र हिन्दप्रसाद राईले दुई रोपनी जग्गा गाउँपालिकाको भवन निर्माणका लागि दिएको बताएकी छन्। 

फोहोरमैला व्यवस्थापन क्षेत्रका लागि स्थानीय मैतबहादुर राई, हरिबहादुर राईबाट एक÷एक रोपनी र सोही ठाउँका अर्का हरिबहादुर राईबाट दुई रोपनी जग्गा प्राप्त भएको र अक्कलसिं राईले एक रोपनी जग्गा आर्यघाट निर्माणका लागि निःशुल्क दिएको पनि उपाध्यक्ष राईले बताइन्।

मिक्लाजुङ गाउपालिकाले चालु आर्थिक वर्षमै भवन निर्माणको प्रक्रिया थाल्ने जनाएको छ। आर्यघाट र फोहोरमैला व्यवस्थापन क्षेत्र पनि अर्को आर्थिक वर्षमा मात्रै निर्माण गरिने उपाध्यक्ष राईले बताइन्। गाउँपालिकाले इलाका प्रशासन कार्यालयको भवनका लागि पनि निःशुल्क जग्गा प्राप्ति सम्बन्धी सूचना जारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.