|

ताप्लेजुङ : जिल्लाको सदरमुकाम फुङलिङमा जडान भएका आधा जसो सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौँ भइसके पनि अझै मर्मत हुन सकेका छैनन्। 
बजार क्षेत्रमा जडान भएका १३ मध्ये ६ वटा क्यामेरा बिग्रिएर तीन महिनादेखि कामै नलाग्ने भएकाले सुरक्षाा चुनाैती भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

यसअघि, मर्मतका लागि बचत गरेको रकम सकिएकाले तत्काल मर्मत हुन नसकेको सिसि क्यामेरा सञ्चालन तथा मर्मत सम्‍भार उपसमितिका संयोजक तारानाथ घिमिरेले बताए। घिमिरेले भने, ‘अब नगरपालिकासँग समन्वय गरेर बिग्रिएका क्यामेरा चाँडै मर्मत गर्छौ।’

बजार क्षेत्रमा चोरी लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई वर्ष अघि क्यामेरा जडान भएको थिए। सिसि क्यामेरा जडान भएसँगै सदरमुकामभित्र भएका दर्जनौं आपराधिक क्रियाकलापलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाई छ। 

हाल फुङलिङ बजारको प्रवेशद्धारको हेलिप्याड, तोक्मेडाँडा, बुद्धचौक, कोप्चे लगायतमा जडान गरिएका क्यामेरा बिग्रिएका छन्। ती बिग्रिएका क्यामेरा चाँडैमर्मत भए बजार क्षेत्रमा हुने चोरी, झगडा लगायतका घटना नियन्त्रणमा सहज हुने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.