|

पाँचथर : आदिवासी समुदायको लिम्बू जातिको मौलिक बाजा ‘के’ अर्थात् ‘च्याब्रुङ’सँग सम्बन्धित चलचित्र ‘के’ को छाया‌ंकन सकिएको छ। पाँचथरको फिदिमस्थित सुम्हात्लङ गढी, लब्रेकुटी, सिलौटी, ओदिन, थाक्लेलगायतका स्थानमा चलचित्र ‘सोना’को छायांकन गरिएको हो।

लिम्बू समुदायले आफ्नो मौलिक बाजा ‘के’ निर्माण गर्दा सरकारी पक्षबाट ब्यहोर्नु परेको भनिएको बाधा व्यवधानलाई चलचित्रमा चित्रण गरिएको छ।चलचित्रमा मुख्य पात्र केलाङ अभियान मञ्चका अध्यक्ष निङवासो लिम्बू एक घर, एक च्याबु्रङ बनाउने अभियान सञ्चालन गरिरहेका हुन्छन्। सो क्रममा एक जना लिम्बूको घरमा च्याब्रुङ निर्माण गरिरहेकै बेला प्रहरीले गाईको छालासँगै उनलाई नियन्त्रणमा लिन्छ।

गाईको छालालाई प्रयोगशालामा पठाइन्छ र गाइकै छाला भएको प्रमाणित भएपछि उनलाई जेल चलान गरिन्छ। जेल चलान हुँदै गर्दा उनले जेलबाट निस्केपछि गाइको छालाबाट मोरेर बनाएको १० हजार ‘के’ प्रर्दशन गर्ने बताउँछन्। चलचित्र यही विषयवस्तुको सेरोफेरोमा निर्माण गरिएको चलचित्रको सहायक निर्देशक तथा पत्रकार सन्देश सुब्बाले बताए। लिम्बू जातिले परापूर्वकालदेखि प्रयोगमा ल्याएको बाजा ‘के’ अर्थात् च्याब्रुङको  बायाँतर्फ गाई वा गोरुको र दायाँतर्फ बाख्राको छालाले मोर्ने गर्छन्।

तर, नेपालको संविधान २०७२ को धारा ९ र नेपालको संशोधित मुलुकी ऐन २०७४ को धारा २८९ बमोजिम ३ वर्ष कैद सजाय हुने भएकोले लिम्बू समुदायले सरकारी पक्षबाट सांस्कृतिक दमन भएको गुनासो गर्दै आएका छन्। चलचित्रमा कलाकारहरु मधु केरुङ, बबिता फोम्बो, रूपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सुदर्शन थेबे(आरके) कमल घिमिरे, अप्सरा न्यौपाने, संघर्ष खतिवडा, संगीता लावती, दीपक खनाललगायतले अभिनय गरेका छन्।

चलचित्र करिब सात लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। निर्देशक केरुङले आगामी जेठसम्ममा देश तथा विदेशमा प्रदर्शन गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.