|

 संखुवासभा : राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजना सतलज निर्माण कम्पनीका म्यानेजरको नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारत सिम्लाका गौरब नेगी छन्।

शनिबार खाँदबारी नगरपालिका-९ मा रहेको कार्यालय भवन उद्घाटनका क्रममा लगाइएको पूजापाठपछि धार्मिक विधिअनुसार फूलपाति सेलाउने क्रममा उनी सभा खोलामा डुबेका हुन्। खोलामा डुबेका थाहा पाएलगत्तै उद्धार गरी उपचारका लागि मनकामना अस्पताल तुम्लिङटार पुर्‍याइए पनि उनलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिसपी सन्तोष खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.