गाउँपालिकामा खरिदारको नेतृत्व

|

  • अर्जुन बोहरा

हुम्ला : जिल्ला प्रशासन कार्यालय हुम्लामा कर्मचारी नुहँदा सहयोगीको भरमा  कार्यालय सञ्चालन भएको छ। कर्मचारी अभाव भएको महिनौ दिन वितीसक्दा पनि व्यवस्थापन गर्न नसक्दा सेवाग्राही समस्यामा परेका छन्। 

हुम्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले दैनिक कामकाज संचालन गर्दै  आईरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। जिल्ला प्रशासन कार्यालय हुम्लामा १७ जनाको दरवन्दी छ।

जसअनुसार प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नायव सुब्बा २ जना, खरिदार ४ जना, लेखापाल १ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना र कार्यालय सहयोगी ६ जनाको दरवन्दी  छ।

तर, अहिले प्रमुख जिल्ला अधिकारी, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्र छन्। प्रशासन, लेखा, मुद्दा र नागरिकता फाँट गरि चारफाँट रहेको प्रशासनमा सबै फाँटमा कर्मचारी नहुँदा कार्यालय सहयोगी कै भरमा केही फाँटकाम भइरहेकोछ। कार्यालय सहयोगीले नागरिकतादेखि कम्प्युटरको काम समेत गर्नु परेको  जिल्ला प्रशासन कार्यालय सहयोगी बाँच बहादुर बोहराले बताए। 

जिल्लाबाट २१ जनाले स्वैच्छिक अवकाश रोजेपछि  हुम्लामा कर्मचारी न्यून भएको हो। अहिले जिल्लाका ७ वटा स्थानीय तहलाई व्यवस्थापन गर्नु परेकोले पनि कर्मचारी अभाव खड्किएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। 

लोकसेवा आयोगबाट सिफारिस भई आएका दुईजना नायव सुब्बाले समेत  आफ्नो पायक पर्ने स्थानीय तहमा सरुवा भई गएकाले पनि जिल्ला प्रशासनमा कर्मचारी अभाव देखिएको छ। जिल्लाका सबै कार्यालयको अवस्था भने कर्मचारी विहीन रहेको छ। 

कर्मचारीको जनशक्तिको अभाव हुँदा दैनिक कार्य सम्पादनमा समेत  प्रभाव परेको शर्माले बताए। हुम्लाका सात गाउँपालिका रहेको हुम्लामा ३ गाउँपालिकामा मात्र प्रमुख प्रशासकिय अधिकृत रहेका छन् भने तीन गाउँपालीकामा नायब सुब्बाले र एक गाउँपालिकामा खरिदारको भरमा प्रमुख प्रशासकिय अधिकृतको काम संचालन  भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.