|

भक्तपुर : भक्तपुरको सूर्यविनायक मन्दिरको जंगलमा एक पुरुषको शव फेला परेको छ। जंगलको भिरालो र खाल्टो परेको स्थानमा मंगोलियन जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले बताए।

जंगलमा शव फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.