|

काठमाडौं :  नइ प्रकाशनले अन्तर्राष्ट्रिय पुरस्कार जर्मनीका प्रा.डा.मानफ्रेद गेरर्हाड थ्रोई र भगवती बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ। संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा योगदान पुर्‍याएको भन्दै जर्मनीका प्रा.डा.मानफ्रेदलाई तीन लाख रुपियाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। प्रा. डा. मानफ्रेद विगत ४० बर्ष अघिदेखि नेपालमा बसेर यहाँको भाषा तथा संस्कृतिको सेवामा संलग्न छन् ।

यस्तै, नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहेर विशिष्ट योगदान पुर्‍याएको भन्दै लामो समयदेखि इजरायल बस्दै आएकी भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मान गरिने भएको हो। उक्त पुरस्कारको राशि एक लाख रुपियाँ रहेको नाइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

नइ प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार यी दुई ब्यक्तिलाई दिने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.