|

काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबै विकृति तथा विसंगतिलाई अन्त्य गर्ने बताएका छन्। उनले खेलकुद क्षेत्रमा देखिएका सबै समस्या र विवादलाई हल गर्ने गरी आफूले पहलचाल्ने बताएका हुन्। 

शनिबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र फोहोरलाई आफूले हटाउने गरी पहलकदमी लिने स्पष्ट पारे। उनले क्यान, एन्फा र ओलम्पिक कमिटिलगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरूलाई छिट्टै समाधान गर्ने बताए। 

मन्त्री विश्वकर्माले सुशासन र सृमद्धि हाँसिल गर्ने कार्यमा केन्द्रीत भएर आफूहरूले कामको थालनी गरेको बताए। निर्वाचन सम्पन्न भएसँगै तीनवटै तहमा सरकार गठन भएर सञ्चालनमा आएको उल्लेख गर्दै उनले भने,‘अब सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा हामी होमिएका छौं, निर्वाचनको क्रममा वाम गठबन्धनको तर्फबाट हामीले जनतासामू गरेका वाचा र प्रतिबद्धताहरू पूरा गर्छौं।’ 

मन्त्री विश्वकर्माले राष्ट्रको गौरवलाई माथि उठाउन खेलाडीहरूले महत्वपूर्ण योगदान गरेको बताए। उनले भने,‘नेपाली खेलाडीहरूले अन्र्तराष्ट्रिय स्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरू हाँसिल गरेकोमा गर्व महशुस भएको छ। सिँगो राष्ट्रको गौरवलाई माथि उठाउन खेलाडीहरूले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ, अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा मेहनत गर्नुहुने प्रशिक्षक, खेलाडी सबैमा बधाई तथा धन्यवाद र सम्मान अर्पण गर्दछु।’ 

सन् २०१९ मा १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरी आफूहरू तयारीमा जुटिसकेको पनि उनले जनाए। उनले भने,‘तोकिएकै मितिमा हामी प्रतियोगिता सम्पन्न गर्छौँ। प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणको योजनाहरू बनाउनमा हामी केन्द्रीत छौँ।’ उनले चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारको बारेमा जानकारी लिन १५ दिनभित्रै प्रतिवेदन ल्याउने गरी मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन भएर कार्य आरम्भ भइसकेको पनि जानकारी दिए। 

त्यस्तै, ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने उनले विश्वास दिलाए। उनले भने,‘आर्थिक वर्षभित्रै यो प्रतियोगिता गर्न चाहिने स्डेडियम, कवड हल, सबै निर्माण भइसक्छन्। यसको लागि पनि हामीले अनुगमन समिति बनाएका छौं, दुई हप्ताभित्रै समितिले रिपोर्ट दिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.