|

दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रशासनिक केन्द्र बिना पनि प्रदेशको विकास सम्भव हुने बताए। शनिबार विभिन्न कार्यक्रममा सहभागी हुन दाङ पुगेका मुख्यमन्त्री पोख्रेलले प्रदेशस्तरीय प्रशासनिक केन्द्र भए मात्रै विकास हुन्छ भन्ने मानसिकता त्याग्न पनि दाङवासीलाई आग्रह गरे। 

अस्थायी राजधानी बुटवल तोकिएपछि दाङवासीमा देखिएको निरासालाई सम्बोधन गर्दै पोख्रेलले प्रदेश ५ को दाङमा अथेष्ट विकासका सम्भावनाहरू भएकाले यस ठाउँमा राजधानी नै हुनुपर्छ भन्ने विषय नभएको प्रष्ट पारे। तर पोख्रेलले प्रदेशको राजधानीका विषय भने टुंगो लागिनसकेको पनि बताए। 

अस्थायी राजधानी बुटवल हुँदैमा नआत्तिन भन्दै मुख्यमन्त्री पोख्रेलले त्यस विषयमा टुंगो लगाउन प्रदेशसभा र प्रदेशसभाको दुईतिहाई बहुमतमा निर्भर हुने उनको भनाई छ। घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशका स्थानीय तहले आफैले विकास गर्ने र आफैले शासन गर्ने पद्धतिको विकास गर्न आफूहरू लागिरहेको पनि बताए।

अहिले प्रदेश सरकारले संरचनाहरू निर्माणका क्रममा रहेकाले भर्खर बामे सर्दै गरेको र हेर्दा हेर्दै दौडिनुपर्ने अवस्था रहेको उनको भनाइ रहेको थियो। त्यसैगरी नागरिक समाज दाङले शनिबार नै घोराहीमा आयोजना गरेको दाङको विकासका आधार, सम्भावना र सवालका विषयमा गरेको अन्तरक्रियामा मुख्यमन्त्रीले सबै प्रदेशको जिम्मा लगाउनु भनेको आफू दायित्वबाट पन्छिएको बुझ्नुपर्ने भन्दै वडास्तरमा हुनुपर्ने काम वडा स्तरमा, पालिका तहमा हुनुपर्ने पालिकातह र प्रदेश स्तरबाट हुनुपर्ने कामहरू प्रदेशको पहलमा हुने पनि बताए। 

मुख्यमन्त्री पोख्रेलले जिल्लाको विकासका लागि नागरिक समाज, उद्योगी, व्यवसायीको भूमिका महत्वपूर्ण हुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.