|

धनकुटा :  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण कोशीका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बिहानैदेखि धनकुटा सहित सुनसरी, मोरङ, तेह्रथुम र संखुवासभा जिल्लाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन्।

बन्दका कारण धनकुटाबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा परेकाले बन्दको असर विशेषगरी सवारी साधन सञ्चालन र बजार पसल बन्दको मारमा बढी परेको खड्काले बताए।

सडकमा नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दको असर परेको छ। यता नेकपाले शनिबार एक अपिल जारी गर्दै प्रहरीले नेता (कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको आयोजना गरिएको जनाएको छ। प्रहरीले धनकुटाको हिलेबाट सोमबार राति केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज माधव गौतम (आकाश), सेक्रेटरी नवराज भट्टराई र तेह्रथुम सेक्रेटरी कमला लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई बैठक बसिरहेको अवस्थामा स्थानीय होटल हिले भ्यूबाट पक्राउ गरिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.