|

काठमाडौं : पुष्प खड्का अहिले चर्चामा रहेका नायक हुन्। धेरै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जित्न सफल उनले २०७३ सालमा प्रदर्शनमा आएको फिल्म 'दर्पण छाया २' बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए।

‘दर्पण छाया २’ बाट सफलता पाउन नसकेका पुष्पलाई हाल प्रदर्शनरत फिल्म 'मंगलम'ले ठूलो राहत दिएको छ। मंगलम व्यापारिक रूपमा सफल भएको छ भने पुष्पको कामको पनि धेरै तारिफ भएको छ। हलमा जाँदा दर्शकबाट घेरिएका छन् पुष्प। उनका फ्यान र फलोअर्स पनि निकै बढेका छन्।

पुष्पलाई अहिले धेरैले स्टारको रूपमा हेर्न थालिसकेका छन्। ‘एउटा सपना बोकेको थिएँ, दर्शकको भीडमा म घेरिऊँ र सबैले मेरो कामको प्रशंसा गर्दै फोटो खिचाऊन्’, उनी भन्छन्, ‘त्यो केही हदसम्म मंगलमले पूरा गरिदिएको छ।‘  

सुदूरपश्चिमको कैलाली जिल्लामा जन्मिएका पुष्प यो सफलता पाउनका लागि धेरै संघर्ष र मिहिनेत गरेको बताउँछन्। आफ्नो लक्ष्य नै फिल्म खेल्नु भएकाले जस्तो परिस्थितिलाई पनि सामना गर्दै उनी अगाडि बढिरहे।

यस्तो थियो बाल्यकाल

पुष्पले तीन वर्षसम्म आफ्नो जन्मस्थान कैलालीमा बिताए। त्यसपश्चात् उनी कैलालीबाट भारतको पुणे गए। बुबा रोजगारीका लागि त्यहाँ बसोबास गर्दै आएकाले पनि उनी पढ्नका लागि त्यहाँ गएका थिए।

उनले तीन वर्षको उमेरबाट नै स्कुल सुरु गरे। स्कुलसँगै सानै उमेरमा उनी कराँतेमा पनि भर्ना भए। पढाइमा मध्यम उनी कराँतेका पनि राम्रा खेलाडी थिए।

पुष्प कक्षा वृद्धिसँगै पढाइमा कमजोर बन्दै गएका थिए। साथी-संगत त्यस्तै भएका कारण पनि उनी पढाइमा भन्दा पनि बाहिरी कुरामा बढी चासो दिन्थे। यो कुरा थाहा पाए सायद उनका परिवारले, त्यसपछि उनलाई ६ कक्षादेखि नेपालमै पढाउन थाले।

कैलालीमै उनले स्कुल पढ्न सुरु गरे। नेपाल फिर्ता भएपछि उनले खुला वातावरण पाए। साथी-संगत पनि त्यस्तै भयो। उनी पढाइमा झनै कमजोर बने।

उनी काठमाडौं 'फिजियोथेरापी' पढ्न भनी आएका थिए तर भर्नाको समय सकिइसकेको थियो। उनी भन्छन्, 'पढ्नै पर्ने भए केही राम्रो विषय पढ्छु भनी काठमाडौं आएको थिएँ। धेरैवटा कलेज घुमेँ तर भर्नाको समय ढिला भइसकेको रहेछ। कतै भर्ना पाइनँ।'

अरू कक्षा जेनतेन पास गरे पनि एसएलसी उनका लागि चुनौती नै थियो। तर बुबाले कोही छिमेकीसँग भनेको एक शब्दले गर्दा उनमा निकै परिवर्तन आयो। छिमेकीले पुष्पको बारेमा नराम्रो बताउँदै एसएलसी पास नहुने बताएका थिए। त्यस कुरालाई नकार्दै उनका बुबाले गर्वका साथ पुष्प पास हुने चुनौती दिएका थिए।

बुबाको त्यो विश्वासले गर्दा उनमा धेरै परिवर्तन आयो। पढाइमा मिहिनेत गर्न थाले। उनी भन्छन्, 'बुबाले ममाथि त्यति विश्वास गर्नुभएको रहेछ। मैले पास हुनै पर्छ भन्ने लागेर निकै मिहिनेत गरेँ र एसएलसी पनि पास गरेँ।'

'चुनौतीका साथ प्लस टुमा साइन्स पढेँ'

एसएलसीमा उनी दोस्रो श्रेणीमा पास भएका थिए। उनलाई कक्षा १० पछि के पढ्नेसमेत थाहा थिएन। उनले धेरैलाई के पढ्ने भनेर सोधे पनि। हरेकको उत्तर एकै थियो, 'राम्रो त साइन्स हो, तैँले सक्दैनस्, अरू नै केही पढ्।'

उनमा यस कुराले इख जाग्यो। सबैले नपढ, गाह्रो हुन्छ भनेको विषय नै पढ्ने इच्छा भयो। 'मलाई पढ्न सक्छु भन्ने थियो। त्यही भएर मैले सबैलाई चुनौती दिँदै साइन्स पढेँ।' उनले साइन्स पढ्दा धेरै मिहिनेत गरेको बताउँछन्। 'मैले धेरै मिहिनेत गरेर साइन्स पढेँ', उनी सम्झिन्छन्, 'राती तीन बजेसम्म पनि पढेर बस्थेँ।'

आखिर परिणाम उनकै पक्षमा भइदियो। साइन्समा उनले निकै राम्रो प्रतिशत ल्याएर पास गरे।

अभिनयको भूत

सानैदेखि राम्रो नाच्ने पुष्पको अभिनयमा असाध्यै रुचि थियो तर कसरी अभिनय गरिन्छ भन्नेबारे अनभिज्ञ थिए उनी। सानैदेखि अभिनय गर्ने कुरामा चासो राख्थे। 'प्लस टु'सम्म आइपुग्दा पनि त्यो कायम नै रह्यो। प्लस टुमा साइन्स पढ्दै गर्दा पनि उनी डान्स सिक्थे। उनलाई यति थाहा थियो कि अभिनय गर्न डान्स अनि फाइट चाहिन्छ।

'प्लस टु' सक्किएपश्चात् उनले फिल्म खेल्न अभिनय सिक्नुपर्छ भन्ने बुझे। बुबासँग आफूले अभिनय सिक्ने बताए। 'प्लस टुमा साइन्स पढेको मान्छेले कहाँ अभिनय गर्ने?' सबैको उत्तर यही आउँथ्यो। पुष्पले जिद्दी गरेर अभिनय सिक्न बुबाको साथमा मुम्बई गए।

मुम्बईमा गएर अभिनय सिक्न भनी एक इन्ष्टिच्युटमा भर्ना पनि भएका पुष्पले अभिनय सिक्न भने पाएनन्। पुणेमा उनका भाइ बिरामी भएर उपचारका लागि ल्याइएको थियो। भाइको त्यो अवस्था सुनेर उनी अभिनय कक्षा छाडेर भाइको हेरचाहका लागि पुणे गए। भाइको सफल उपचारपश्चात् अभिनय सिक्ने र फिल्म खेल्ने सबै भूत मारेर नेपाल आए।

धेरै समय यसरी बितिसकेको थियो। उनले हार मानिसकेका थिए। 'म फिल्म खेल्नका लागि वा अभिनय गर्नका लागि होइनरहेछु', उनले सोचेका थिए, 'अब म गाउँ फर्किन्छु।' धेरैचोटि गाउँ फर्किन्छु भनेर घरमा फोन गर्न खोज्थे तर घरमा उनको सम्बन्ध लगभग बिग्रिसकेको थियो, फेरि फोन तल झार्थे।

पढाइका लागि काठमाडौं

उनी काठमाडौं 'फिजियोथेरापी' पढ्न भनी आएका थिए तर भर्नाको समय सकिइसकेको थियो। उनी भन्छन्, 'पढ्नै पर्ने भए केही राम्रो विषय पढ्छु भनी काठमाडौं आएको थिएँ। धेरैवटा कलेज घुमेँ तर भर्नाको समय ढिला भइसकेको रहेछ। कतै भर्ना पाइनँ।'

उनले पढ्ने विषयलाई परिवर्तन गरे। उनले पुतलीसडकमा रहेको कलेजमा आइटी पढ्न सुरु गरे। पहिले वर्ष निकै मिहिनेत गरे। उनले 'फस्ट सेमेस्टर'मा डिस्ट्रिक्सन ल्याए। दोस्रो सेमेस्टर प्रवेशसँगै उनी डान्स सिक्न थाले। फिल्म खेल्ने कुराबाट मरिसकेको उनको चाहना फेरि जाग्यो। उनी पढ्दै डान्स पनि सिक्न थाले।

डान्सले गर्दा बिग्रियो पढाइ

उनी अब पढाइमा भन्दा पनि डान्समा बढी केन्द्रित हुन थाले। उनको पहिलेको रुचि पुन: फर्कियो। अब उनमा फेरि फिल्म खेल्ने भूत चढ्यो।

पढाइ चल्दै थियो। उनी कलेजको एक घण्टा छुट्याएर डान्स सिक्थे। पछि सिकाउन पनि थाले, जसको परिणाम उनी पढाइमा निकै कमजोर बन्दै गए। उनलाई सेमेस्टरपिच्छे विषय लाग्न थाल्यो।

उनको रुचि अभिनय गर्नु नै भएकाले पनि पढाइलाई भन्दा बढी महत्त्व डान्सलाई दिएको पुष्प बताउँछन्। 'मेरो लक्ष्य भनेको फिल्म खेल्नु नै थियो। पढेर कतै जागिर खान्छु भन्ने सोचेको पनि थिइनँ', उनी भन्छन्, 'त्यसैले पनि होला पढाइभन्दा बढी ध्यान डान्स सिक्नमा गयो।'

पहिलो एडमै उनको रोल काटियो

पुष्पले पहिलो पटक रेडबुलको विज्ञापनमा काम गरेका थिए। त्यो नै उनले गरेको पहिलो क्यामेरा फेस थियो। उनी सुम्झिन्छन्, 'मेरो पहिलो क्यामेरा फेस भनेको नै रेडबुलको विज्ञापनमा थियो।' पहिलो पटक भएकाले पनि उनलाई त्यो एडमा काम गर्न निकै गाह्रो भयो। धेरै पटक गरेपछि बल्ल टेक मिल्यो।

पुष्पले रेडबुलको विज्ञापनमा गर्नु पूर्व एक क्रिमको विज्ञापनमा काम गरेका थिए। तर विडम्बना, उनले अभिनय गरेको उक्त एडमा उनको भूमिका काटियो। यो कुरामा पुष्प निकै निराश थिए। 'पहिलो पटक गरेको काम पनि अरूलाई देखाउन पाइनँ', उनी भन्छन्, 'अरू सबै साथीहरूको भूमिका आयो तर मेरो आएन।'

वास्तविक संघर्ष अब

जब उनले अभिनय गरेको पहिलो विज्ञापनबाट आफ्नो रोल काटियो, उनी निकै दु:खी थिए। सोचे, 'मैले गरेको मिलेन होला र त काटियो। म अभिनयको लागि होइनरहेछु।' तर पनि उनलाई साथ र हौसला दिने केही साथी थिए, जसले उनलाई फेरि केही गर्न प्रेरणा दिए। साथीहरूले उनलाई अभिनय सिक्न सुझाए। पुष्पले पनि त्यो कुरालाई स्वीकार्दै अनुप बरालसँग अभिनय कक्षा लिए।

अभिनय सिकेर पनि सकियो, काम गर्न सक्छु भन्ने पनि छ तर काम छैन। धेरै निर्माता/निर्देशकसँग भेटिसकेका थिए, फिल्म वा म्युजिक भिडियो खेल्नका लागि। सबैले उनलाई आफ्नो प्रोजेक्टमा लिने आश्वासन दिन्थे तर कसैले दोहोर्‍याएर कुरा गर्दैनथे।

उनले आफ्नो पढाइ पनि सकिसकेका थिए। पढाइ सकिएपछि उनलाई घरबाट बारम्बार फोन आएको थियो। 'घर आइज, पढेको मान्छेले फिल्म खेल्छु भनेर नबस्। जागिर खानुपर्छ तैँले', घरबाट दैनिकजसो सुन्ने कुरा थियो यो।

धेरै समय यसरी बितिसकेको थियो। उनले हार मानिसकेका थिए। 'म फिल्म खेल्नका लागि वा अभिनय गर्नका लागि होइनरहेछु', उनले सोचेका थिए, 'अब म गाउँ फर्किन्छु।' धेरैचोटि गाउँ फर्किन्छु भनेर घरमा फोन गर्न खोज्थे तर घरमा उनको सम्बन्ध लगभग बिग्रिसकेको थियो, फेरि फोन तल झार्थे।

आलोक नेम्वाङ भगवान् बनेर आए

भौँतारिँदै गर्दा उनको भेट म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङसँग भयो। आलोकसँग सामान्य चिनजान गरेर पुष्पले नम्बर लिए। केही समयपश्चात पुष्पले पुन: आलोकलाई भेट्न गए। भेटमा आलोक र गायक हेमन्त शर्मा सँगै थिए। पुष्प त्यहाँ पुगे। ‘एउटा सानो रोल छ गर्छौ?’, आलोकले पुष्पलाई सोधे। पुष्पले हत्तारिएर हुन्छ भने।

उनले आफ्नो पहिलो म्युजिक भिडियोको रूपमा हेमन्त शर्माले स्वर दिएको गीत 'के माया गर्न हुन्न र’ थियो। भिडियोमा गायक शर्मा आफैँ प्रमुख रूपमा प्रस्तुत भए पनि पुष्पको कामको चर्चा नै भयो।

पुष्पले पुनः अलोककै दोस्रो म्युजिक भिडियोमा काम गरे। दोस्रो भिडियोबाट पनि उनले सफलता नै पाए। यसपछि उनको चर्चा झनै चुलियो। यो भिडियोपश्चात् उनलाई धेरै मात्रामा म्युजिक भिडियोको अफर आयो।

उनले लगातार अफर आएका भिडियोहरु गर्दै गए। सङ्ख्यातमक रूपमा उनले अभिनय गरेको म्युजिक भिडियो धेरै भइसकेका थिए। तर पुष्पलाई फिल्म खेल्नु थियो। भन्छन्, 'जति पनि म्युजिक भिडियोमा काम गरेँ, त्यो फिल्म खेल्नका लागि थियो।'

'पिलायो साथीले'ले स्टार बनायो

धेरै म्युजिक भिडियोमा काम गरे पनि उनी दर्शक माझ त्यति परिचित भने थिएनन्। उनलाई चर्चामा ल्याउने गीत बन्यो 'पिलायो साथीले'। उनी भन्छन्, 'मैले त्यसबेलासम्म धेरै म्युजिक भिडियो गरिसकेको थिएँ तर पनि म नोटिस भइसकेको थिइनँ। पिलायो साथीलेले मलाई सबै माझ चिनयो।' शिव परियारले स्वर दिएको उक्त भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन्।

यस भिडियोमा काम गरेपश्चात उनलाई धेरै अफरहरू आए। उनले लगातार म्युजिक भिडियोमा काम गर्दै गए। तर उनको सोच म्युजिक भिडियो नभएर फिल्मको हिरो हुने थियो।

धेरैले दिए फिल्म खेलाउने आश्वासन

उनको लक्ष्य फिल्म खेल्नुभएकाले पनि म्युजिक भिडियोमा व्यस्त हुँदा पनि ध्यान फिल्ममा नै थियो। उनी धेरै निर्माता निर्देशककहाँ पुगेका छन्। स्क्रिप्ट सुनेका छन्। मैखिक रूपमा फाइनल पनि भएका छन् तर फिल्ममा अभिनय गर्ने मौका भने पाएका थिएनन्।

एउटा ठूलो व्यानर अनि राम्रो निर्देशकले पनि उनलाई यस्तो आश्वसन दिएको छ। 'मलाई एउटा ठूलो व्यानरको चर्चित निर्देशकले फिल्म खेलाउने पक्का गर्नुभएको थियो। त्यस फिल्मको क्यारेक्टरका लागि मैले एक महिना वर्कसप पनि गरे', उनी भन्छन्, 'एक महिनापछि त अर्कै हिरो फइनल भएर सुटिङमा गएछ।'  

यो परिस्थितिलाई झेल्न निकै गाह्रो भएको पुष्प बताउँछन्। 'मलाई त थाहा पनि थिएन अर्को हिरो फाइनल भयो भन्ने', उनी थप्छन्, 'मलाई अरू कसैले भन्यो। त्यो समय मलाई निकै गाह्रो भएको थियो।' उनी सपनाको नजिक पुग्दै थिए तर पनि उनले सपना पूरा गर्न सकेनन्।

यस्तो घटना अरू पनि धेरै भए। उनी भन्छन्, 'धेरैले आश्वासन दिएको भएर होला, मलाई फिल्म खेल्ने आश मरिसकेको थ्यो।'

'मलाई दोस्रो फिल्मको प्रतिक्रिया बुझ्नु थियो', उनी भन्छन्, 'यदि दोस्रो फिल्म पनि असफल भइदियो र मेरो कामलाई रुचाउनुभएन भने अभिनय नगर्ने सोचमा थिएँ म।'

अर्का 'भगवान्' बने तुलसी घिमिरे

धेरैको झूटबाट वाक्क थिए पुष्प। आश्वासन दिने तर फिल्ममा रोल नदिने। यस्तै चलिरहेको थियो। त्यही समयमा तुलसी घिमिरेले दर्पण छाया २ बनाउने कुरा आयो। कलाकार चाहिएको उनले थाहा पाए। पिलायो साथीले हेरेका तुलसीले पुष्पलाई अडिसनका लागि बोलाए। उनी गए पनि। टिमले मेकअपविनाको चार फोटो माग्यो। 'मलाई मेकअपविनाको ४ फोटो लिएर आउनु भन्नुभयो', उनी भन्छन्, 'यति भनेपछि मलाई विश्वास लागेन कि मैले फिल्ममा काम पाउँछु। त्यही भएर फोटो लिएर गइनँ।'

केही दिनपछि टिमबाट उनलाई फोन आयो, 'खै त फोटो? तुलसी जीले खोजिरहनुभएको छ।' भित्रभित्रै दंग परेर उनी फोटोसहित तुलसी घिमिरेको अफिस पुगे। तुलसीले फोटो हेरेर केही बोलेनन्। तुलसीले पुष्पलाई केही दिन लगातार अफिस आउन भने। तीन/चार दिन पुष्प लगातार गए पनि। उनी सम्झिन्छन्, 'आऊ भन्नुभएको थियो, त्यही भएर गइरहेँ।'

'कत्ति झुलाउनु हो पुष्पलाई', निर्देशक घिमिरेले भने, 'सबुजी, उहाँलाई एग्रिमेन्ट गरेर पठाइदिनुस्।' पुष्पको खुसीको सीमा रहेन। भेट्रान निर्देशक अनि सफल फिल्मको सिक्वेल दुवै उनका लागि अवसर बनेका थिए। पुष्पले सम्झौतापत्रमा हस्तक्षर गरेर फर्किए। 'घर फर्कंदा कति ठाउँमा बाइक रोक्दै फोन गरेर आफन्तसँग यो खुसी साटेँ', मुहार चम्काउँदै उनले भने।

फिल्म खेलियो तर सफलता पाइएन

उनले फिल्ममा काम त पाए तर हलमा दर्शक पाएनन्। यो कुराबाट दुखित थिए उनी। 'पहिलो फिल्म नै असफल भइदियो। निकै दु:ख लागेको थियो।' तर पुष्प फिल्म 'दर्पण छाया २' प्रदर्शनमा आउनुपूर्व नै मंगलममा अनुबन्धित थिए। मंगलमको सुटिङ पनि सकिसकेका थिए। पुष्पलाई आश भने थियो, मंगलमको।

पहिलो फिल्म असफल भएपछि उनले अफर आएका फिल्ममा समेत काम गरेनन्। आफ्नो दोस्रो फिल्म रिलिज नभएसम्म कुनै फिल्ममा काम नगर्ने अठोटसहित उनले अरू फिल्ममा काम नगरेको बताउँछन्। 'मलाई दोस्रो फिल्मको प्रतिक्रिया बुझ्नु थियो', उनी भन्छन्, 'यदि दोस्रो फिल्म पनि असफल भइदियो र मेरो कामलाई रुचाउनुभएन भने अभिनय नगर्ने सोचमा थिएँ म।'

'मंगलम'ले पूरा गरिदयो सपना

मंगलम प्रदर्शनमा आएपश्चात् उनको कामको निकै प्रशंसा भयो। दर्शकसँगै फिल्मकर्मीले पनि उनलाई वाहवाही दिए। उनले निर्वाह गरेको भूमिका र उनको कामको निकै चर्चा भयो। भन्छन्, 'मंगलमले मेरो केही सपना पूरा गरिदिएको छ।'

आफूले यत्तिको सफलता पाउनुमा नवल नेपालको मुख्य हात रहेको पुष्प बताउँछन्। 'मंगलमको क्यारेक्टर मैले गर्न सक्छु जस्तो लागेकै थिएन। निर्देशक नवल दाइको प्रेत्साहन र हौसलाले नै मैले त्यो काम गर्न सकेँ', उनी भन्छन्, 'त्यसैले पनि यो सफलताको श्रेय उहाँलाई जान्छ।'

अबको योजना

मंगलम रिलिजपश्चात् उनलाई धेरै फिल्मका अफरहरू आएका छन्। पुष्प भन्छन्, 'एक दिन त मलाई तीन फिल्मको स्क्रिप्ट एकैचोटि आएको थियो।'

उनी फिल्मको अफर आयो भन्दैमा जुन पनि फिल्ममा काम नगर्ने बताउँछन्। भन्छन्, 'मलाई स्क्रिप्ट र टिम मनपर्‍यो भने मात्र फिल्म गर्छु।'

हालसम्म पुष्प कुनै फिल्ममा अनुबन्धित छैनन् तर उनका अनुसार अबको केही समयमै उनी नयाँ प्रोजेक्टमा काम गर्दै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.