|

कास्की : प्रदेश ४ को राजधानी पोखरामा बैंकिङ/बीमा एक्स्पो सुरु भएको छ। नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेसनल नेपालले आइतबार एक्स्पो सुरु गरेको हो। 

आइतबार उद्घाटनमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पछिल्लो समय बीमा साक्षरता बढ्दै गएको दाबी गरे। अध्यक्ष चापागाँईले पोखरामा आयोजना गरिएको बैंकिङ/बीमा एक्स्पोले वित्तीय सेवा र बीमाको फाइदाबारे सर्वसाधारणको चेतना अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

हाल १२ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा रहेको भन्दै उनले सर्वसाधारणलाई बीमाबारे बुझाउन सके सबै नागरिक बीमाको पहुँचमा आउने धारणा राखे। 
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले आर्थिक कारोवार व्यक्तिसँग गर्दा विभिन्न जोखिमहरू हुने भन्दै सचेत हुन आग्रह गरे।  

पौडेलले ७५३ स्थानीय तहमध्ये ११६ स्थानीय तहमा सामान्य भौतिक पूर्वाधारहरू समेत नभएका कारण बैंकहरू शाखा खोल्न अनिच्छुक देखिएको बताए। 
बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकहरू अहिले शाखा विस्तार गर्ने अभियानमा रहेको बताए। 

सोमबारसम्म चल्ने एक्स्पोमा दुई दर्जन बढी बैंक, वित्त तथा बीमा कम्पनीहरूका स्टल राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.