|

गोरखा : कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले गोरखा दरबारमा पूजाआजा गरेका छन्। सोमबार रामनवमीको दिन जोशीले गोरखा दरबारमा पूजाआजा गरेका हुन्। 

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत् गोरखा आएका जोशीले गोरखा दरबारको गोरखकाली मन्दिर, गोरखनाथ गुफा र पशुपति मन्दिरमा पूजाआजा गरेका थिए। बिहान ९ बजे गोरखा दरबार पुगेका जोशीले करिब एक घण्टा त्यहीँ बिताएका थिए। उनकै लागि गोरखा दरबारमा विशेष पूजाआजाको व्यवस्था मिलाइएको थियो। जोशी छोराबुहारी, छोरी र परिवारका अन्य सदस्यसहित गोरखा दरबार आएका हुन्। 

जोशीले गोरखनाथ गुफाका योगीहरूसँग न्याय दिने शक्ति मिलोस् भनेर आशीर्वादसमेत मागे। ‘न्याय भए न देशमा शान्ति हुन्छ’, उनले भने। उनले दरबारका सुसारे, गाइनेहरूसँग वार्तालापसमेत गरे।

जिल्ला अदालत गोरखाको निरीक्षणका लागिसमेत गोरखा आएका जोशीले तनहुँको जिल्ला अदालत निरीक्षण गर्ने कार्यक्रम पनि रहेको गोरखा जिल्ला अदालतका न्यायाधीश वसन्तराज पौडेलले जानकारी दिए।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.