|

कपिलवस्तु : कपिलवस्तुमा रहेको एक इँट्टाभट्टामा काम गर्ने मजदुर मृत अवस्थामा भेटिएका छन्। कैलालीको भजनी- ४ घर भई हाल कपिलवस्तु नगरपालिका- ११ स्थित न्यू सोना इँट्टाभट्टामा काम गर्दै आएका २६ वर्षीय भीमबहादुर चौधरी मृत भेटिएका हुन्।

चौधरीको शव कपिलवस्तु नगरपालिका- ११ स्थित भुरहवा खोलामा फेलापरेको प्रहरीले जनाएको छ। गत शुक्रबारदेखि बेपत्ता चौधरीको शव खोलामा भेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौधरीको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.