|

ताप्लेजुङ : ताप्लेजुङमा एक महिलाकाे कंकाल फेला परेको छ। ताप्लेजुङ जिल्लाकाे फक्तालुङ गाउँपालिका- १ सावादिनस्थित केरोङ खोलाको खहरे खोल्सीको छेउमा रहेकाे बालुवामाथि महिलाको कंकाल फेला परेको हो।

स्थानीयले कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाकाे कंकालमा हरियो रङको कुर्ता र लुंगी लगाएको र कपडा हेर्दा अन्दाजी २५ वर्षकी मंगोलियन महिला हुनसक्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उक्त कंकालबारेअनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.