|

उदयपुरः कटारी–घुर्मी सडकमा पर्ने उदयपुरको कटारी नगरपालिका– ११ गहुँबारीमा ट्यांकर दुर्घटनाग्रस्त हुँदा चालक र सहचालकको मृत्यु भएको छ। अन्य तीन जना गम्भीर घाइते छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टका अनुसार चालक बारा अमलेखगञ्ज–४ बस्ने २३ वर्षीय पूर्णप्रसाद खनाल र सहचालक मकवानपुर नामाटार घर भएका ३१ वर्षीय सरोज मोक्तानको मृत्यु भएको हो। 

भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ, दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले गम्भीर घाइते भएको एसपी भट्टले बताए। गम्भीर घाइतेलाई कटारी अस्पतालमा ल्याई उपचार गरेर अन्यत्र 'रेफर' गर्ने तयारी भएको प्रहरीको भनाइ छ। 

कटारीबाट घुर्मी तर्फ जाँदै गरेको ना६ख ३२३१ नम्बरको लोड ट्या‌ंकर अनियन्त्रित भई राति दुई बजे सडकबाट एकसय मिटर तल खसेको थियो। तीन बजेतिर नै घाइतेहरूलाई उद्धार गरी अस्पताल लगेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.