पद्मरत्न र हिरण्यलाल पनि जुलुसमा

|

काठमाडौं : सडक विस्तारको विरोधमा बुधबार काठमाडौंको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको थियो। सोही क्रममा प्रहरीले पानीको फोहोरा फाल्नुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो।

 

झडपमा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने केही घाइते भएका छन्। गैरन्यायिक ढंगले भइरहेको सडक विस्तारको काम भएको भन्दै तत्काल रोक्न सरकारसँग माग राखेर काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म तीन घण्टा विरोध प्रर्दशन गरिएको हो।

जग्गा प्राप्ति ऐनको समेत बेवास्ता गर्दै सडक विस्तारको नाममा आफूहरूंलाई विस्तापित गरेपछि सरकारसँग न्यायको माग गर्दै विरोध प्रर्दशनलाई निरन्तरता दिनु परेको ललितपुर बाँडेगाउँका पीडित चोकबहादुर महर्जनले बताए। पीडितहरूले उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

उनीहरूले सडक विस्तारको नाममा स्थानीयबासीलाई आतंकित बनाउने काम गरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

प्रर्दशनीमा बामपन्थी नेता तथा नागरिक अगुवाहरू पदमरत्न तुलाधर, हिरण्यलाल श्रेष्ठलगायतले पनि ऐक्यवद्धता जनाएका छन्। त्यसक्रममा ललितपुरमा स्थानीयले उचित क्षतिपूर्तिको व्यवस्था नगरि काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको कामलाई अघि बढाएको भन्दै आपत्ति पनि जनाएका थिए।

काठमाडौं उपत्यकाको सडक विस्तारको काम गैरन्यायिक भएको भन्दै स्थानीयबासीले तत्काल बन्द गर्न माग गर्दै सरकारलाई निरन्तर दवाव दिँदै आएका छन। उनीहरूले स्थानीयको मन्जुरी समेत नलिई सडक विस्तार गर्ने काम गर्न नपाउने कानुनी व्यवस्थाबारे पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन। प्रदर्शनीका कारण काठमाडौंको माइतीघर मण्डला वरपरको क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.