|

काठमाडौं : वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२औँ जन्मजयन्तीको अवसरमा चार स्रष्टालाई वासु शशी साहित्य सम्मान प्रदान गरिएको छ।

काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति डा. विष्णुविभु घिमिरेले वरिष्ठ कवि एवं आख्यानकार कृष्ण जोशीलाई 'वासु शशी साहित्य सम्मान–२०७३', वरिष्ठ साहित्यकार रमा शर्मालाई 'वासु शशी साहित्य सम्मान–२०७४' र कवि एवं समालोचक डा. सैलेन्दुप्रकाश नेपाललाई 'वासु शशी साहित्य सम्मान–२०७४' प्रदान गरेका हुन्।

साहित्यकार जोशी, शर्मा, डा. नेपालले सम्मानले आफूहरूलाई खुसी प्राप्त भएको बताएका थिए। उनीहरूले नेपाली साहित्यका उच्चकोटीका कवि वासु शशीको नामको सम्मान र पुरस्कार पाउँदा थप ऊर्जा मिलेको बताएका थिए।

कवि शशीका समकालिन मित्र प्रसिद्ध साहित्यकार यादव खरेलले वासु शशीको व्यक्तित्व र संस्मरण बारे प्रकाश पारेका थिए। कार्यक्रममा 'यादव खरेल-सङ्क्षिप्त परिचय' नामक पुस्तक सार्वजनिक गरिएको थियो।

प्रमुख अतिथि डा. घिमिरेले कवि वासु शशीसँग बिताएका संस्मरण सुनाएका थिए। कवि प्रेरणा भने अमेरिकामा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रद्युम्न जोशीले स्वगत मन्तव्य राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.