|

काठमाडौं : पुस्तक सार्वजनिक गर्ने नयाँ नयाँ शैली अपनाइन थालेका छन्। पछिल्लो समय पुस्तक सार्वजनिक गर्ने क्रममा बहस कार्यक्रम आयोजना गरिने, सांस्कृतिक प्रस्तुती, सांगितिक प्रस्तुती, हाँस्य व्यंगका कार्यक्रम आयोजना गरिन्छन्।

बजारमा आउन लागेको चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’ले पनि उपन्यास सार्वजनिक किस्ता किस्तामा गरिरहेको छ। केहीदिन अघि ललितपुरमा उपन्यासको आवरण अनावरण गरिएको थियो भने बिहीबार यसको भिडियो ट्रेलर सार्वजनिक गरिएको छ।

फिल्म रिलिजको शैली अपनाएको यो पुस्तक सार्वजनिक भने चैत २९ गते हुनेछ।

सार्वजनिक गरिएको ट्रेलरको स्क्रिप्ट र निर्देशन लेखक थारुले गरेकी हुन्। ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय छ। चुरौटेलाई पुस्तकको कभरमा पनि देख्न सकिन्छ।

नौ वर्ष लगाएर लेखिएको थारुको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरू कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको श्रृङ्खला जन्माउँछ भन्ने देखाउन खोजेको प्रकाशक संस्था फाइनप्रिन्टका सञ्चालक नीरज भारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.