|

जाजरकोट :  डोल्पा सडकअन्तर्गत  वैरीताल, चिसापानी बीचमा रहेको भेरी नदीमा निर्माणाधीन पुलबाट लडेर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ।

पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पताल बिहीवार राति मृत्यु भएको हो।लामा चैत ११ गते पुल निर्माणको काम गर्दागर्दै लडेर घाइते भएका थिए। 

मृतक लामाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.