काठमाडौं : २०७२ बैशाख १२ मा आएको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर दरबार पुनर्निर्माणको क्रममा छ। बाह्य तथा आन्तरिक पर्यटकको बाक्लो भीड रहने वसन्तपुर दरबार क्षेत्रमा बिहीबार बिहान पुग्दा केही महिला सामान बेच्न व्यस्त थिए भने धेरैजसो फुर्सदमा थिए।
देशभर भूकम्पपछिको पुनर्निर्माण कार्य जारी रहेको छ। यस क्षेत्रमा पनि पुनर्निर्माणको काम भइरहेको छ। सँगसँगै अत्यन्त व्यस्त रहने यस क्षेत्रमा फुटपाथ व्यापार गरेर जीविका चलाउँदै आएकाहरू अहिले पनि उसरी नै व्यापारमा व्यस्त देखिन्छन्। फूलमालादेखि चकलेटसम्म बेच्दै आएका यहाँका फुटपाथ व्यापारीहरूको दैनिकी यी फोटोमा हेरौँ :
तपाईंको ईमेल गोप्य राखिनेछ ।