|

जाजरकोट : जाजरकोट—डोल्पा सडकखण्डअन्तर्गत वैरीताल, चिसापानीबीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ। 

पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पतालमा बिहीबार राति मृत्यु भएको हो। चैत ११ गते पुल निर्माणको काम गर्दैगर्दा लामा लडेर घाइते भएका थिए। मृतक लामाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.