|

  • दिपक शर्मा -

सल्यान : कर्णाली  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले भूगोलका आधारमा वजेट विनियोजन गर्ने बताएका छन्। अर्थमन्त्री ज्वालाले जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा सबै ठाउँको विकास सन्तुलित नहुने भएकाले भुगोल र आवश्यकताका आधारमा प्रदेशले सरकारले बजेट विनियोजन गर्ने बताए।

 शनिबार सल्यानको वागचौर नगरपालिकाकाको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। प्रदेश सरकारले कानुन बनाउन लागेको र कानुन बनिसकेपछि सवै काम प्रदेशबाटै गर्न सजिलो हुने उनले बताए। कर्णाली प्रदेशका दशवटै जिल्लासँग समन्वय गरेर तत्काललाई कामचलाउ बजेट विनियोजन गर्ने तयारीमा लागेको मन्त्री ज्वालाको भनाई छ।

मन्त्री ज्वालाले भने, ‘असार लगत्तै पुरक बजेट ल्याइने छ। तत्काल प्रदेशमा हुने काम कारबाहीमा समस्या नहोस् भन्नका लागि आंशिक बजेट ल्याउन लागिएको हो।’ 

कर्णाली प्रदेश अन्य प्रदेशको तुलननामा निकै आत्मनिर्भर भएको दावी गर्दै मन्त्री ज्वालाकाे दाबी छ।  'जलस्रोत, जडिबुटी, धार्मिक एवं पर्यटकीय स्थललाई प्रचार र उपयोगमा ल्याउनसके कर्णाली प्रदेशलाई आर्थिक, सामाजिक हिसाबले आत्मनिर्भर बन्नबाट कसैले रोक्न सक्दैन।’ मन्त्रीले भने, ‘कर्णाली प्रदेशलाई विकसित गराउनको लागि सवै गर्नुपर्छ। कर्णाली प्रदेश हिराको डल्ला हो उक्त हिरालाई प्रयोगमा ल्याउन जरुरी छ।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.