|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा राजनीतिक लडाइँ सकिएकाले अब गरिबीविरुद्धको लडाइ लड्नुपर्ने बताएका छन्। कृषि, पर्यटन र उद्योग र व्यापार प्रवर्द्धन लागि गुल्मीमा सुरु गरिएको तेस्रो गुल्मी महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। 

मन्त्रीले भारत–गुल्मी–चीनसँग जोडिने सड्क मार्ग जोडिएर काडिगण्डकी करिडोर निर्माण पुरा हुन लागेकाले त्यसले दुबै देशबाट फाइदा लिन सकिने दाबी गरे। 
मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए। अन्य देशहरूमा गएर हस्ताक्षर गर्ने तर नेपालमा आएर राष्ट्रियताको डम्फु बजाउने कार्य यो सरकारको नगर्ने बताए। नेपालमा अब कृषि आधुनीकरण जल विद्युत उत्पादन पर्यटन पूर्वाधार विकास व्यवसायी गर्दै अगाडि बढ्नेमा सरकार लागि परेको बताए। 

मन्त्री ज्ञवालीले देशको  विकासमा कृषि र पर्यटनलाई दरिलो आधार बनाएर यसको आधुनीकरणमा जोड दिनुपर्ने बेला आएको बताए। सकेसम्म नेपालमै रोजगारिको सृर्जना गरी काम गर्ने छौ मन्त्री ज्ञवालीले भने, ‘यदि देशका युवा विदेश जानुपरे सीपसहित सम्मानपूर्वक काम गर्ने अवस्था सृर्जना गर्न सरकार तत्पर रहेको बताए।’

गुल्मी जिल्लामा कृषि र पर्यटनको थुप्रै सम्भावना रहेकाले बिस्तृत खाका बनाई विकासमा गुल्मीलाई चिनाउने गरी अगाडि बढन् आग्रह गरे। ज्ञवालीले मुलक अब नयाँ युगमा प्रवेश गरेकाले राज्यमा कुनै ढिलासुस्ती र भ्रष्टाचारबिरुद्धमा राज्य मुखदर्शक भएर नवस्ने बताए। प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागि मात्रै भएको र भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने ज्ञवालीले पनि बताए। गठबन्धनको स्थिर सरकार गठन भएकाले भारतले आफूहरुसँग सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए। 

ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले भारत र नेपालबीचको केही समयदेखिको तिक्तत्ता मेटिने विश्वास व्यक्त गरे। देशमा स्थिर गठबन्धन सरकार गठन भएकाले यो पहिलो बर्ष धेरै महत्पूर्ण उच्च स्तरीय भ्रमणहरू हुने उनले बताए। ‘धेरै देशसँग मैत्रिपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य यो सरकारको हो, यो वर्ष थुप्रै मुलुकको भ्रमण हुन्छ,’ उनले भने,‘सवैले देशमा स्थिर सरकार गठन भई शान्तिको वातावरण कायम भएको सन्देश पुर्‍याउने छन्।’ नेकपा एमाले र माओवादी केन्द्रसँगको एकतालाई भट्काउने प्रयास भइरहेकाले त्यो सफल हुन नसक्ने बताए। 

शुक्रवार उद्घाटन हुने भनिए पनि हावाहुरी र पानीले गर्दा शनिवार महोत्सवको उद्घाटन गरिएको हो। गुल्मी महोत्सव २५ गतेसम्म संचालन हुने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.