|

ओखलढुंगा : दिउँसै मदिरा सेवन गरी सेवाग्राहीलाई दुर्व्यवहार गरेको अारोप लागेका चम्पादेवी गाउँपालिकाका एक वडाअध्यक्ष पक्राउ परेको एक रातमै छुटेका छन्। मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौज गरेको अारोपमा शुक्रबार पक्राउ परेका वडा ४ का अध्यक्ष कृष्णबहादुर खत्री शनिबार छुटेका हुन्।

स्थानीयले उजुरी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 'मदिरा सेवन गरेर कर्मचारी तथा सेवाग्राहीलाई गालीगलौज गरेको र  कार्यालयमा होहल्ला गरेको'  स्थानीयको उजुरीपछि प्रहरीले वडाध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएको थियो।

शनिबार बेलुकी स्थानीय तथा जनप्रतिनिधिसँग छलफल गरी खत्रीलाई छाडेको कोषभञ्ज्याङ प्रहरी चैकीका प्रहरी हवल्दार वीरबहादुर भण्डारीले बताए।

अबदेखि मदिरा सेवन गरी कार्यालय नजाने शर्तमा उनलाई प्रहरीले छाडेको हो। स्थानीय बासिन्दा भने खत्रीलाई कारबाही नगरी छाडेको भन्दै अाक्रोशित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.