|

काठमाडौं : यात्रा अनुभवहरूको संगालो साहित्यकार गीता रेग्मीद्वारा लिखित ‘पत्थरै पत्थर’ सार्वजनिक भएको छ।

यो नियात्रासंग्रहमा रेग्मीले बर्मा, थाइल्यान्ड र मलेसिया यात्रा गर्दाका अनुभव संग्रह गरेकी छन्। जसमा नियात्राकारको निजात्मक राग र अनुभूति लेखिएका छन्।

‘पत्थरै पत्थर’ नियात्रासंग्रहको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ। प्रा. राजेन्द्र सुवेदी, साहित्यकार गीता केशरी, डा. सावित्री कक्षपती, नियात्राकार मोहन चापागाई, साहित्यकार राजकुमार राई, थाई नेपाल संघका अध्यक्ष कुमार कार्की, शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डे र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले उक्त पुस्तकको शनिबार संयुक्त रूपमा विमोचन गरेका हुन्।

पुस्तक पढ्दा बर्मा र थाइल्यान्ड लगायतका ठाउँ घुमेको अनुभूति भएको मोहन चापागाईँले बताए। डा. कक्षपतीले गीता रेग्मीका शक्तिशाली वाक्यहरूले पाठकलाई पुस्तकसँगै यात्रा गराउने बताइन्। उनले पुस्तकमा भावनाका कुराले पाठकलाई आकर्षित गर्ने बताए।

प्रा. सुवेदीले नियात्रासंग्रहमा सरलता र मिठास रहेको सरल भाषाशैली रहेको बताए। उनले रेग्मीको नियात्रासंग्रहले यात्रा गर्नेहरूका लागि सहयोग पुर्‍याउने भएकाले नियात्रासंग्रह पठनीय रहेको बताए।

 ‘पत्थरै पत्थर’ नियात्रासंग्रह शिखा बुक्सले प्रकाशन गरेको हो। यसको मूल्य २५० रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.