|

लहान : सिरहाको धनगढीमाई नगरपालिका–९ मुस्हर्नियाका १४ वर्षीय सुशान्त दयाल एक सातादेखि सम्पर्कविहीन छन्।

सोही वडाको चैनपुरस्थित महावीर माविमा कक्षा ७ मा अध्ययनरत उनी घरबाट हराएका हुन्। सुशान्तकी आमा सीमा दयालले भनिन्, ‘आफन्त, नातागोतालगायत सबै ठाउँ खोजिसक्यौं, कतै फेला पार्न सकेका छैनौं।’

कान्छो सुशान्तलाई सबैतिर खोजी गर्दा समेत फेला नपरेपछि प्रहरीमा निवेदन दिएको आमा सीमाले बताइन्। उनका बुवा रोजगारीको क्रममा मलेसियामा रहेका छन्। 

इलाका प्रहरी कार्यालय धनगढीले सुशान्तको  हुलियाको आधारमा खोजीका लागि जिल्लासहित विभिन्न प्रहरी युनिटमा जानकारी गराइएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.