|

रुकुम : सल्यानमा  दुई बस आपसमा ठक्कर खाँदा १८ जना यात्रु घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गत बागचौर नगरपालिका– ५ सिवरत मूलखोलामा दुई बस आपसमा ठोकिँदा दुर्घटना भएको हो। 

इलाका प्रहरी कार्यालय बांगेलाखुरीका इञ्चाज राजबहादुर चन्दका अनुसार काठमाडौंबाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुमबाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस आपसमा ठोकिएका हुन्।

घाइतेहरुमध्ये मुसीकोट नगरपालिका–५ की पुष्पा गौतमलाई एम्बुलेन्समार्फत रुकुममै ल्याइएको छ भने, सुकिदह सल्यानका बिमल खड्का र मुसीकोट नगरपालिका १० का पूर्णशिव सुनारलाई उपचारको लागि रिफर गरिएकोे प्रहरीले जनाएको छ। अन्य घाइतेहरु स्थानीय मेडिकलमा उपचारपछि फर्किएका प्रहरीले जनाएको छ। दुवै बस र चालक प्रहरी नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.