|

धनकुटा : धनकुटाको हिलेमा सोमबार अपराह्न करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। घर बनाउने क्रममा रडले बिजुलीको नांगो तार छोएर घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र स्थानीय मिस्त्री ४५ वर्षीय निमा शेर्पाको मृत्यु भएको हो। 

करेन्ट लागेर गंभीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदीप राजभण्डारीले जानकारी दिए।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.