कपिलवस्तु : कपिलवस्तुमा पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवराज नगरपालिका–७, निबिहवाका ध्रुवराज चौधरीका ९ वर्षीय छोरा शिवप्रताप चौधरी रहेका छन्।
गाउँ नजिकै रहेको पोखरीमा नुहाउन गएका शिवप्रतापको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा गाउँलेले शव फेला पारेको इलाका प्रहरी कार्यालयले बहादुरगञ्जले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।