|

उदयपुर : उदयपुरमा लागूऔषध ३०० नाइट्रोभेट गोटीसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाट–कदमाहा सडक खण्डको प्रहरी चौकी लालपत्ता नजिकबाट ८९७ एम्पुल र ३०० नाइट्रोभेट गोटीसहित उनीहरूलाई पक्राउ गरेको हो।

बुधबार दिउँसो २ बजे स६प २०७६ नम्बरको मोटरसाइकलमा तीन जना चढेर गाईघाटतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ६ लालपत्ताका २० वर्षीय अनिश खड्का, २१ वर्षीय संजीव खड्का र २३ वर्षीय प्रकाश खड्कालाई शंकास्पद देखिएपछि खानतलासी गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

प्रहरीले पक्राउ पर्नेको साथबाट साथबाट डाइजेलासव ३०० एम्पुल, फेनरागन २९८, नुफिन २९९ र नाइट्रोभेट गोटी तीनवटा गोटी रहेको २० पत्ता बरामद गरेको छ। बरामद गरिएको लागूऔषध अहिलेसम्मकै सबैभन्दा ठूलो परिणाम रहेको एसपी भट्टको भनाइ छ। एसपी भट्टले भने, ‘म आएपछि लागूऔषधसम्बन्धी थालिएको ‘विग अप्रेसन’मा अहिलेसम्मकै ठूलो सफलता हो।’

गएको साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका भट्टले लागूऔषधविरुद्धको कारवाही चलाउँदा हालसम्म १३२ जनालाई पक्राउ गरी ७१ वटा मुद्दा दर्ता गरेको जानकारी दिए। हालसम्म फेनरागन २२०, डाइजेलाव २१८, लुपिजेसिक २१४, नाइट्रोसन २२६ र स्पास्मोप्रक्सिवन १२८ प्रति बरामद गरिएको प्रहरीको भनाइ छ। 

यसैगरी दुई कठ्ठा जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको छ भने गाँजा पाँच किलो १४५ ग्राम बरामद गरेको पत्रकार सम्मेलनमा एसपी भट्टले बताए। 

लागूऔषध कारोवारीका मुख्य दुई नाइकेलाई नै पक्राउ परेका छन्। सेवनकर्तालाई पक्राउ गरिएकामा अघिल्लो पटक भने प्रहरीले दुई जना कारोवारी जिल्लाभरका सेवनकर्तालाई बिक्री गर्ने त्रियुगा नगरपालिका– १० बोक्से घर भई वडा नम्बर– ११ मा बस्दै आएका ३० वर्षीय पेशलकुमार घिमिरे र छिमेकी मुलुक भारतबाट सिरहा हुँदै उदयपुर जिल्लामा सप्लायर्सको काम गर्दै आएका सिरहा जिल्लाको लहान नगरपालिका– ३ का १९ वर्षीय राजु भनिने राजकुमार यादवलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.