|

काठमाडौं: शनिबारदेखि इन्डियन प्रिमियम लिग (आइपिएल) २०१८ को सुरु हुँदैछ।  क्रिकेटप्रति चासो राख्ने जो कोहिलाई पनि आइपिएललाई विशेष महत्त्व दिएर खेल तालिका हरेर बसिरहेका छन्। 

नेपालीहरूलाई भने नेपाली बलर सहभागी दिल्लीको टिममा सन्दीप लामिछानेको खेल कस्तो होला अइपिएलमा कस्तो चर्चा पाउलान्, सहभागी होलान वा नहोलान् भन्ने चासो छ। आईपीएलकै पहिलो नेपाली खेलाडीका रूपमा रहेका सन्दीप र उनको खेलप्रति नेपालमा मात्र होइन, भारतमै पनि विशेष चासोसाथ हेरिएको छ।

त्यसोत सन्दीपलाई आइपिएल खेल्नको लागि दिल्ली डेयरडेभिल्सले छनोट गरेदेखि नै दिल्लीको आधिकारिक पेज तथा सामाजिक सञ्‍जालबाट सन्दीपको चर्चा बढी भएको देखिन्छ। नेपाललाई ओडिआइ स्ट्याटसमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निभाएका सन्दीपका हङकङ विरुद्धको खेलका तस्विरहरू दिल्लीको पेजमा राखिएको छ। 

शनिबारबाट आइपिएल सुरु भए पनि सन्दीप सहभागी भएको दिल्ली डेयरडेभिल्सको पहिलो खेल आइतबार हुँदै छ। आइतबार दिल्ली डेयरडेभिल्सले र किंग्स इलेभन पन्जावविरुद्ध मोहालीमा  ८ अप्रिलमा खेल्नेछन्। त्यसै दिन देखिएला आइपिएलमा सन्दीपको खेल। अभ्यासमा भने उनले राम्रो प्रस्तुती गरेकाे दिल्लीले जनाएको छ।

तर, सन्दीपले खेलेको अभ्यास खेल हेर्न पनि भारतमा रहेका नेपाली तथा नेपाली मुलुका युवा/युवती उनको अभ्यास खेलमासमेत सहभागी भएर हुटिङ गरेका छन्। दिल्ली गरिएको अभ्यासमा खेलमा नेपाली मुलका नागरिक तथा भारतमा रहेका नेपालीहरूको सहभागिता देखिएको छ। 

 उनले आफू सहभागी टिममा च्याप्नेसिप बनाउनको लागि कडा महेनत गर्ने प्रतिक्रिय दिएका छन्। तथापी आफू दबाबमा नरहेको सन्दीपले बताएका छन्।
 बिहीबार दिल्लीले गरेको पत्रकार सम्मेलनमा पनि सन्दको तारिफ गरिएको थियो। प्रशिक्षक रिकी पोन्टिङले सन्दीपको  तारिफ गर्दै उत्कृष्ट क्रिकेटर भएको प्रतिक्रया दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.